दाेहाेराे अंकले घट्याे नेप्से

काठमाडौँ– बिहीबार सेयर बजारको परिसूचक नेप्से १९ अंक घटेर दुई हजार ३७ अंकमा कायम भएको छ ।

आज सबैजसो उपसमूह घटेका छन् । बैंकिङ ३, विकास बैंक ५९, फाइनान्स ४२, होटल तथा पर्यटन ५०, जलविद्युत् ३१, जीवन बीमा ६७, उत्पादन ८२, माइक्रोफाइनान्स ३३, निर्जीवन बीमा ७०, अन्य २६ र ब्यापार उपसमूह ०.११ अंक घटे ।

१५० कम्पनीको मूल्य घट्दा ३२ को बढ्यो । दुई कम्पनीहरु हिमालयन हाइड्रोपावर र अपर हेवाखोला हाइड्रोपावरको मूल्य भने १० प्रतिशत बढयो । कारोबार रकम १ अर्ब ७६ करोडमा खुम्चिएको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार