नारायणगढ–बुटवल सडकखण्ड विस्तारको काम कछुवा गतिमा

नवलपरासी– नारायणगढ–बुटवल पूर्व–पश्चिम राजमार्ग अन्तर्गतको सडकखण्ड समयमा नै निमार्ण नहुँदा स्थानीयले सास्ती व्यहोर्नु परेको छ । उक्त सडक विस्तारको काम अहिले कछुवा गतिमा चलिरहेको छ ।

घाम लाग्दा धुलोको समस्या र पानी पर्दा हिलोको समस्याले स्थानीयहरु पीडित भएको बताएका छन् ।बुटवलबाट छुट्ने गाडीहरु वर्दघाट, नवलपरासी, नारायणगढ हुँदै काठमाडौंपुग्न लामो समय खाल्डाखुल्डी बाटो पार गर्नुपर्ने हुन्छ ।

खाल्डाखुल्डीले गाडी विग्रने र दुर्घटना हुनेक्रम बढेको गाडी व्यवसायीको गुनासो छ ।नारायणगढ–बुटवल सडकखण्ड चार लेनमा विस्तार गर्ने गरी चाईना स्टेट कर्पोरेशनले ठेक्का लिएर काम गरिरहेकोछ । तर निर्माण सम्पन्न गर्नुपर्ने मिति सकिन केही दिन मात्र बाँकी रहँदा २० प्रतिशत पनि काम सम्पन्न हुन नसकेको स्थानीयको गुनासो छ ।

सडक निर्माणको काम चाँडो सम्पन्न गर्ने जनगुनासो बढ्दैगएपछि बर्दघाट नगरपालिकाले समस्या समाधानका लागि पहल थालेको छ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार