एमाले अब २० वर्षसम्म शासनमा फर्कदैन : काँग्रेस नेता यादव

काठमाडौँ– नेपाली काँग्रेसका सह–महामन्त्री तथा पूर्वमन्त्री महेन्द्र यादवले अब एमाले २० वर्षसम्म शासनमा नफर्कने बताएका छन् ।

बिहीबार काठमाडौमा भएको साक्षात्कारमा उनले भने, ‘अब २० वर्षसम्म फेरि एमाले शासनमा फर्किन्छु भनेर त्यो आँट नगरे हुन्छ । नेपाली जनताले अब तपाईंहरुलाई शासनमा ल्याउँदैनन् । अब तपाईहरु कहाँ चुनाव जित्नुहुन्छ ?

उनले नागरिकता विधेयक पास दुवै सदनबाट भैसकेको र प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पुगेको सुनाउँदै तत्काल प्रमाणीकरण गर्न आग्रह गरे ।

उनले भने, ‘राष्ट्रपतिले अहिलेसम्म विधेयक प्रमाणीकरण नगरेर रोक्नुभएको छ, यो संविधानतः रोक्न मिल्दैन । राष्ट्रपतिलाई मौका छ, उहाँ अहिले पनि पार्टीको राजनीतिमा भन्दा माथि उठ्न सक्नुभएको छैन । हामी आशा गर्छौ कि भगवान पशुपतिनाथले बुद्धि देओस्, कि उहाँ सबैको राष्ट्रपति भएर सफल हुनुहोस् । अविलम्ब विधेयक प्रमाणीकरण गर्नुहोस् ।’

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार