मतदाता नामावलीमा भएको त्रुटि अनलाइनबाट नै सच्याउन सकिने

काठमाडौँ– प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका लागि अनलाइनबाटै मतदाता नामावलीमा भएका त्रुटि सच्याउन सकिने निर्वाचन आयोगले जनाएको छ।

आयोगले सूचना प्रकाशित गरी आउँदो भदौ १२ देखि १९ गतेसम्म मतदाता नामावली अध्यावधिक गर्ने भएको छ।

यो अवधिमा मतदाता नामावलीमा भएका त्रुटि सच्याउने, कसैले झुटो विवरण दिई मतदाता नामावली नाम समावेश गरेको भए उजुरी दिने, दोहोरो नामावली भए हटाउन निवेदन दिने, मृत्यु भएका व्यक्तिको नामावली हटाउन निवेदन दिने व्यवस्था गरिएको आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले बताए।

यससँगै एकै वडामा रहेका दुई वा दुईभन्दा बढी मतदानास्थल भएमा पायक पर्ने मतदानस्थल रोज्न सकिनेछ। यसका लागि इमेल, फ्याक्स तथा अनलाइनबाट निवेदन दिन सकिने प्रवक्ता पौडेलले बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार