चलचित्र भोला सुटिङको क्रममा तब्बु घाइते

काठमाडौँ– बलिउड अभिनेत्री तब्बु बुधबार आफ्नो आगामी चलचित्र भोलाको सुटिङको क्रममा घाइते भएकी छन् । भोलामा तब्बुले उच्च प्रहरी अफिसरको भूमिका निर्वाह गरेकी छिन् । मिडिया रिपोर्टका अनुसार एउटा दृश्यमा एक्सन गर्दा उनलाई चोट लागेको हो ।

तब्बु हैदरावादको भोलाको एक दृश्यका लागि जङ्गलमा ट्रक चलाइरहेकी थिइन् । मोटरसाइकलमा केही गुण्डाहरू उनको पछि लागिरहेका हुन्छन् । सो क्रममा ट्रकसँग मोटरसाइकल ठोक्किएको थियो ।

त्यसपछि सिसा फुट्दा त्यसको टुक्रा तब्बुको आँखामा परेको थियो । फिल्मको सेटमा उपस्थित स्वास्थ्यकर्मीले चोट धेरै गम्भीर नभएको बताएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार