सामूहिक बलात्कार आरोपी २ जना कँराते प्रशिक्षकको पोलिग्राफ जाँच

विराटनगर– प्रहरीले सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका दुई जनाको पोलीग्राफ जाँच गर्ने भएको छ ।

सुनसरीकी १९ वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको आरोपमा पक्राउ परेका करातेका दुई प्रशिक्षकको विराटनगर महानगरपालिका–३ का ५० वर्षीय विनोद राउत र विराटनगर महानगरपालिका– ४ का ५० वर्षीय अमर भनिने सुरज सुवेदीको प्रहरीले पोलिग्राफ परीक्षण गरेको हो ।

दुई जना नै राष्ट्रिय खेलकुद परिषद्को मोरङ जिल्लाका कराते प्रशिक्षक हुन् । किशोरीको जाहेरीका आधारमा प्रहरीले दुवैलाई साउन ९ गते आइतबार पक्राउ गरेको थियो । उनीहरुले आरोपमाथि इन्कारी बयान गरेपछि अनुसन्धानका क्रममा प्रहरीले शनिबार पोलिग्राफ जाँच गरेको हो ।

पोलिग्राफ एक मेसिन हो । कुनै व्यक्तिको पोलिग्राफ टेस्ट गर्न उसलाई सेन्सरद्वारा यो मेसिनसँग जोडिन्छ र सेन्सर कम्प्युटरसँग कनेक्ट गरिएको हुन्छ ।

त्यसपछि व्यक्तिको रक्तचाप, मुटुको धड्कन, श्वास एवम् हृदयको गति र शरीरमा हुने गतिलाई एक ग्राफ पेपरमा रेकर्ड गरिन्छ । यो प्रक्रियालाई नै पोलिग्राफ भनिन्छ । परीक्षण गरिने मानिससँग ६ वटा सेन्सर जोडिएको हुन्छ ।

परीक्षणमा व्यक्तिको मुटुको धड्कन, रक्तचाप, श्वासप्रश्वास, पसिनाको थैलीमा पर्ने चाप र शरीरमा हुने उतारचढाव आदि रेकर्ड गरिन्छ ।

त्यसपछि पोलिग्राफ गर्ने व्यक्तिलाई प्रश्न सोधिन्छ । प्रश्नोत्तरको यो पुरै प्रक्रियामा व्यक्तिबाट आएको तरंगलाई मेसिन मुभिङ पेपर ९ग्राफ०मा रेकर्ड गरिन्छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार