प्रचण्डलाई भेटेर बाबुरामले भने- एउटै चुनाव चिह्नमा लडौं

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँग नेकपा समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भटराईले भेटवार्ता गरेका छन् ।

बिहीबार बिहान हात्तीवनस्थित एक घरमा  प्रचण्ड र बाबुरामबीच भेटवार्ता भएको हो । बैठकमा माओवादी केन्द्रका अर्का नेता नारायणकाजी श्रेष्ठ पनि सहभागी थिए । त्यसक्रममा चुनावी तालमेलका र पार्टी एकताबारे छलफल भएको बताइएको छ ।

माओवादीनिकट स्रोतका अनुसार करिव एक घण्टा भएको भेटवार्तामा भट्टराईले मोर्चा बनाएर एउटै चुनाव चिह्नमा लड्ने प्रस्ताव राखेका थिए । त्यसको जवाफमा प्रचण्डले ‘सल्लाह गरेर निष्कर्षमा पुगौँला’ भनेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार