सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

काठमाडौँ– आज सुनको मूल्य प्रतितोला ५०० रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले आजको मूल्य तोक्दै सुनको मूल्य हिजोको तुलनामा घटेको जानकारी दिएको हो । यससँगै, आज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ तोकिएको छ ।

यस्तै,आज तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार १०० रुपैयाँ छ । जुन, हिजो बुधबार छापावाल सुनको मूल्य ९७ हजार १०० र तेजाबी सुनको मूल्य प्रतितोला ९६ हजार ६०० रुपैयाँ थियो । हिजो बुधबार सुनको मूल्य २०० ले बढेको थियो । मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ९०० र तेजाबी सुनको मूल्य ९६ हजार ४०० रुपैयाँ थियो ।

यस्तै, आज चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेको छ । हिजो प्रतितोला १ हजार २३० रुपैयाँ रहेको चाँदीको मूल्य आज १ हजार २२५ रुपैयाँमा कारोबार भइरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार