बझाङ घटना : श्रीमानले भन्छन्– ‘गाउँलेले भनेपछि थाहा पाएँ’

काठमाडौँ– बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहान एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीया दीपा पार्की उनका ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहित घर नजिकैको रुखमा झुण्डिएको अवस्थामा भेटिएका थिए ।

दीपाका पत्नी पुष्कर पार्की मंगलबार राति भारतको उत्तराखण्डबाट घर आइपुगेका थिए । घटनास्थलमा पुगेका प्रहरीका अनुसार पुष्कर राति सवा १ बजेतिर घरमा आइपुगेका हुन् । रातिसँगै खाना खाएर उनीहरु सुतेका थिए । तर, बिहान उठ्दा दुई नाबालक छोरा छोरी र पत्नी झुण्डिएको थिए ।

पुष्करले प्रहरीसँग भने ‘थाकेर आएको थिएँ, खाना खाएर सुतेँ । ‘बिहान गाउँलेले हल्ला गरेपछि हेर्न जाँदा श्रीमती र मेरा दुई छोराछोरी झुण्डिएको देखेँ ।’

दीपा पार्की नाम्लोमा र दुई नाबालक चुन्नीमा पासो लागेर झुण्डिएको अवस्थामा शव भेटिएको छ । प्रहरीले शव जाँच मुचुल्का गरेर जिल्ला सदरमुकामतर्फ ल्याउँदै छ । घटनाबारे प्रहरीले अनुसन्धान गर्दैछ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार