टी–ट्वान्टी वरीयताको अलराउन्डरतर्फ दिपेन्द्र आठौं स्थानमा

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमका खेलाडी दीपेन्द्र सिंह ऐरी टी–ट्वान्टीको अलराउण्डर वरीयतामा यथावत रहेका छन् । अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसिसी)ले अपडेट गरेको नयाँ वरीयतामा अलराउन्डरतर्फ आठौं स्थानमा यथावत रहन सफल भएका हुन् ।

दिपेन्द्र ब्याटिङ वरीयताको ४२ औं स्थानमा छन् । ब्याटिङतर्फ नेपालका कुशल भुर्तेल ३८ औं स्थानमा यथावत छन् ।​ बलिङतर्फ नेपालका कप्तान सन्दीप लामिछाने ४१ औं स्थानमा यथावत रहेका छन् । बलिङमै अविनाश बोहरा दुई स्थान तल झरेर ९४ औं स्थानमा रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार