काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आगामी प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको पर्यवेक्षणका लागि जापानी अधिकारीहरूलाई निमन्त्रणा गरेका छन् ।
बुधबार जापान भ्रमणबाट फर्किपछि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले आफूले निर्वाचन पर्यवेक्षणको निम्तो दिएको स्पष्ट पारे । जवाफमा जापानका सांसदहरूले सकारात्मक जवाफ दिएको उनको भनाइ छ ।
अध्यक्ष दाहालले आफ्नो भ्रमणमा जापान सरकारका अधिकारीहरूको उत्साहपूर्ण सहभागी भएको बताए। त्यहाँ आफूले जापान सरकारका प्रतिनिधिहरू र नेपालीहरूसँगको छलफल भएको उनले बताए ।
विशेषतः कृषि, आईटी र अन्य विविध विषयमा आफूले जापानसँग सहकार्य गर्न खोजेको पनि उनले स्पष्ट पारे। भ्रमणका क्रममा जापानका सांसदले आफूलाई संसद भवनको अवलोकन गराउँदै त्यहाँबारे ब्रिफिङ गरिएको उनले बताए ।