देउवालाई प्रधानमन्त्री बनाउन १४९ सांसदको हस्ताक्षर

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई धारा ७६ (५) अनुसार प्रधानमन्त्री बन्नलाई बहुमत सांसदको हस्ताक्षर लिएर विपक्षी गठबन्धनका नेताहरु राष्ट्रपति कार्यालयतर्फ लागेका छन् ।

शुक्रबार सिहदरबारमा बसेको कांग्रेस, माओवादी केन्द्र, नेकपा एमालेको माधवकुमार नेपाल समूह र जनता समाजवादी पार्टीको उपेन्द्र यादव पक्षका शीर्ष नेताहरुको बैठकमा देउवालाई प्रधानमन्त्रीका रुपमा अघि सार्ने सहमति जुटेको हो । माओवादी केन्द्रका नेता वर्षमान पुनका अनुसार देउवाको पक्षमा १४९ सांसदको हस्ताक्षर जुटेको छ ।

सरकारमा दावी गर्नका लागि राष्ट्रपति कार्यालयमा जाने प्रयोजनका लागि काँग्रेस संसदीय दलको कार्यालयमा सो संख्यामा हस्ताक्षर जुटाइएको उच्च स्रोतले जनाएको छ । हस्ताक्षर काँग्रेस र माओवादी केन्द्रसहित एमालेको माधव कुमार नेपाल समूह र जसपाको उपेन्द्र यादव समूहका सांसदको समेत रहेको छ ।

कांग्रेस सांसद गगन थापाका अनुसार कांग्रेसका ६१, माओवादी केन्द्रका ४९ (एक स्वतन्त्रसहित), माधव नेपाल समूहका २७ र जसपाका १२ सांसदले हस्ताक्षर गरेका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार