काठमाडौँ– प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले पार्टी कमिटीका बैठक बोलाउने तयारी गरेको छ । एमालेले केन्द्रीय सचिवालय, स्थायी कमिटी, पोलिटब्युरो हुँदै केन्द्रीय कमिटी बैठक बोलाउने तयारी गरेको हो । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधि सभा निर्वाचनबारे छलफल गर्न बैठक बोलाउन लागिएको एमाले नेताहरुले बताएका छन् ।
एमालेको विधानअनुसार प्रदेश र प्रतिनिधिसभा निर्वाचनका उम्मेदवार तय गर्ने जिम्मा केन्द्रले नै पाएको छ । तर विगतको परम्पराअनुसार औपचारिकता लागि प्रदेश र जिल्ला कमिटीबाट समेत सम्भावित उम्मेदवारबारे सुझाव माग्न सकिने एमाले नेताहरुको भनाइ छ ।