वर्षात्ले घर भत्कँदा देलेखमा एक महिलाको मृत्यु

लगातार दुई दिनयता परेको वर्षात्का कारण दैलेख जिल्लाको भैरवी गाउँपालिका–२ वालेसैनीमा घर भत्कँदा एक महिलाको मृत्यु भएको छ । स्थानीय जयबहादुर थापाकी ६२ वर्षीया श्रीमती लक्ष्मीको मृत्यु भएको जनाइएको छ ।

आज बिहान १०ः३० बजेतिर थापाको दुईतले कच्ची घरको अगाडिको बरन्डा भत्किँदा घाइते भएकी लक्ष्मीको उपचारका लागि अस्पताल ल्याइँदै गर्दा बाटामै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख अनुपम श्रेष्ठले बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार