प्रधानमन्त्री देउवा र बाबुराम भट्टराईबीच भेटवार्ता

'नेसपालाई पनि सत्ता गठबन्धनमा समेट्ने विषयमा छलफल'

काठमाडौँ– प्रधानमन्त्री शेरबहादुर देउवा र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेटवर्ता भएको छ । मंगलबार अपराह्न प्रधानमन्त्री निवास बालुवाटार उनीहरुबीच भेटवार्ता भएको हो ।

उक्त भेटवार्तामा नेसपालाई पनि पाँच दलीय सत्ता गठबन्धनमा समेट्ने विषयमा छलफल भएको बालुवाटार स्रोतले बताएको छ ।बाबुरामलाई प्रधानमन्त्री देउवाले पाँच दलीय गठबन्धनमै समेट्ने आश्वासन दिएका हुन् ।

भेटका क्रममा बाबुरामले पाँच दलीय गठबन्धनमा राख्न प्रस्ताव राखेपछि देउवाले यस्तो प्रतिबद्धता जनाएका हुन् । पाँच दलीय गठबन्धनमा सीट बाँडफाँड गर्न बनेको कार्यदलमा समेत बाबुराम नेतृत्वको पार्टीको प्रतिनिधित्व गराउने विषयमा देउवाले गठबन्धनमा सल्लाह गर्ने बचन दिएका छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार