एकैदिन एक हजार ९० जनामा कोरोना संक्रमण पुष्टि, दुई जनाको मृत्यु

'सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुग्याे'

काठमाडौँ– पछिल्लो २४ घण्टामा मुलुकभर थप १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ६ हजार ३०० जनाको स्वाब परीक्षण गर्दा पीसीआर विधिबाट ५६० तथा एन्टिजेन विधिबाट ५३० जनामा गरी १०९० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

पछिल्लो समय मुलुकमा कोरोना संक्रमितको संख्या बढ्दो छ । कोरोनाबाट आज ४३८ जना निको भएका छन् भने २ जनाको मृत्यु भएको छ । हाल मुलुकमा सक्रिय संक्रमितको संख्या पाँच हजार ८०६ पुगेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार