मह अभिनित ‘महापुरुष’ मा शिवम् सिमेन्टको सहकार्य

काठमाडौं । नेपालको सिमेन्ट उत्पादक कम्पनी शिवम् सिमेन्ट लिमिटेड र षट्कोण आर्टसबीचमा नेपाली कथानक चलचित्र ‘महापुरुष’ का लागि आर्थिक तथा प्रवर्द्धनात्मक क्षेत्रमा सहकार्य गर्ने सम्झैता भएको छ ।

सम्झौता हस्ताक्षर कार्यक्रममा शिवम् सिमेन्टका तर्फबाट सेल्स एण्ड मार्केटिङका भाईस प्रेसिडेन्ट केपी रिजाल, कन्ट्रीहेड निखिल अग्रवाल र डि.जि.एम. मार्केटिङका केशव अर्याल उपस्थिति रहेको थियो । त्यस्तै, षट्कोण आर्टस्को तर्फबाट निर्देशक प्रदिप भट्टराई, निर्माता रविद्र सिंह बाँनिया, कलाकार राजाराम पौडेल, गौरी मल्ल, अरुण क्षेत्री लगाएत अन्य कलाकारहरुको उपस्थिति रहेको थियो ।

चलचित्र आगामी कात्तिक ११ मा रिलिज हुन गइरहेको छ । मुख्य कलाकारको रुपमा मदन कृष्ण श्रेष्ठ, हरिबंश आचार्य, राजाराम पौडेल, गौरी मल्ल लगायतका कलाकारहरु रहेका छन् । चलचित्रको लेखन तथा निर्देशन प्रदिप भट्टराईले गरेका छन् ।

पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रलाई आर्थिक रुपमा सवल बनाई गुणस्तर विस्तार गर्न विभिन्न ब्राण्डहरुसँग सहकार्य गर्ने क्रम बढ्दै गएको छ । अतः सोही क्रमको निरन्तरता स्वरुप एक आपसको भरोसालाई मजबुद पार्ने उद्देश्यले शिवम् सिमेन्ट लिमिटेडले मह सञ्चारको अघिल्लो चलचित्र शत्रु गते र दालभात तरकारी लगाएतका फिल्महरुमा समेत सहकार्य गरेको थियो ।

जसबाट दुवै पक्षलाई एक–आपसको प्रवर्द्धनमा थप टेवा पुग्नुको साथै बजारबाट पनि सकारात्मक प्रतिक्रिया आएको थियो । सोही क्रमको निरन्तरता स्वरुप शिवम् सिमेन्ट र षड्कोण आर्ट्सबीच मह अभिनित महापुरुष चलचित्रमा पनि सहकार्य गर्ने सम्झौता सम्पन्न भएको हो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार