एमालेसँग एक्लै चुनाव लड्ने तागत काँग्रेससँग छैन : प्रदीप ज्ञवाली

काठमाडौँ– नेकपा एमालेका सांसद प्रदीपकुमार ज्ञवालीले एमालेसँग एक्लै चुनाव लड्ने क्षमता काँग्रेससँग नभएको बताएका छन् । मंगलवार संसदबाहिर सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले काँग्रेस लगायतका दलमा एमालेसँग एक्लै चुनाव लड्ने तागत नभएको बताएका हुन् ।

सांसद ज्ञवालीले गठबन्धन बाहिरका एजेण्डा मिल्ने दलहरूसँग भने छलफल गरेर केही ठाउँमा सहकार्य हुनसक्ने बताए । उनले गठबन्धन बिना अघि बढ्न सकिँदैन भन्ने भ्रम नेकपा एमालेमा नरहेको उल्लेख गर्दै आफ्नो खुट्टामा उभिएर चुनाव लड्ने बताए ।

उनलेबताए । सांसद ज्ञवालीले नेपाली काँग्रेससँग १६५ सिटमा एक ठाउँमा पनि प्रतिपक्षसँग एक्लै लड्ने आँट नरहेको बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार