सेयर बजार राताम्मे, दाेहाेराे अंलले घट्याे नेप्से

काठमाडौँ– सेयरबजार आज पनि दोहोरो अंकले घटेको छ। मंगलबार नेप्से ४५.४२ अंकले र सेन्सिटिभ सूचक ९.६८ अंकले घटेको हो।

नेपाल स्टक एक्सचेन्जका अनुसार २२२ कम्पनीको ६६ लाख ४६ हजार कित्ता सेयर बिक्री भएको छ। दिनभरिमा ४६ हजार २८९ पटक भएको खरिदबिक्रीमा २ अर्ब ८१ करोड ५१ लाख ४४ हजार रुपैयाँको कारोबार भएको हो।

आज बिहान ११ बजेदेखि बजार खुलेयता नेप्से निरन्तर ओरालो लागेको थियो। सोसँगै २२ सय विन्दुमा पुगेको नेप्से फेरि २००० विन्दुमै झरेको छ। मंगलबार ९ नौवटा कम्पनीको मात्रै सेयर मूल्य बढेको छ। १७१ वटा कम्पनीको सेयर मूल्य घट्दा एउटाको उही मूल्यमा कारोबार भएको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार