शेरबहादुर देउवा अहिलेसम्म कै अक्षम प्रधानमन्त्री : योगेश भट्टराई

इलाम– नेकपा (एमाले)का सचिव योगेश भट्टराईले नेकपा (एकीकृत समाजवादी) र नेकपा (माओवादी केन्द्र) शेरबहादुर देउवाजस्तो ‘अक्षम’ व्यक्तिको पछि लागिरहेको आरोप लगाएका छन्। उनले कांग्रेससँगको यात्रा छाडेर एमालेतिर सहकार्यमा आउन समाजवादी र माओवादीलाई एमालेले हात फैलाएको पनि बताए।

इलाम सदरमुकाममा आयोजित पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै भट्टराईले भने ‘समाजवादको यात्रामा हिँडेको बताउने ती दल (समाजवादी र माओवादी) शेरबहादुरजस्तो अक्षम व्यक्तिको पछि लागेर कहाँ पुग्ने हुन्, थाहा छैन। उनीहरूले त्यही बाटो अवलम्बन गरिरहे ठूलो दुर्घटना खेप्नुपर्ने निश्चित नै छ।’

उनले गठबन्धनको नाममा सबै शक्तिहरु एमालेविरुद्ध एक हुन खोज्नु पार्टी बलियो रहेको प्रमाण भएको बताए। उनले एक्ला एक्लै चुनाव लड्दा एमाले नै पहिलो दल हुने देखेर अन्य दलले गठबन्धन बनाइरहेको पनि बताए।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार