प्रचण्ड र जापानी सत्तारुढ दलका नेता निक्कइबीच भेटवार्ता

'दुई देशबीच आपसी सम्बन्धका विषयमा छलफल'

काठमाडौं– जापान भ्रमणमा रहेका नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दलका नेतासँग भेटवार्ता गरेका छन्।
मंगलबार प्रचण्डले जापानको सत्तारुढ पार्टी लिवरल डेमोक्रेटिक पार्टीका पूर्वमहासचिव तोसिहिरो निक्कइसँग भेट गरेका हुन्।

भेटका क्रममा दुई देशबीच आपसी सम्बन्धका विषयमा छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । स्थानीय सहर–नगरहरूबीच भगिनी सम्बन्ध विकास गर्ने, नेपालको कृषि, जलविद्युत, भौतिक पूर्वाधार लगायतमा जापान सरकारको सहयोगलाई अझ वृद्धि गर्दै जाने लगायतका विषयमा छलफल भएको छ।
प्रचण्ड पाँच दिने जापान भ्रमण सकेर भोलि बुधबार स्वदेश फर्कदै छन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार