निर्वाचन प्रयोजनका लागि एमालेले गर्‍यो आयोगमा दल दर्ता

काठमाडौँ– आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन प्रयोजनका लागि नेकपा एमालेले दल दर्ता गराएको छ।

उपाध्यक्ष युवराज ज्ञवाली, महासचिव शंकर पोखरेलसहितको टोली निर्वाचन आयोगमा पुगेर दल दर्ता गराएको हो। मंसिरमा हुने निर्वाचनका लागि अहिले दल दर्ता भइरहेको छ।

दल दर्तापछि असोज २३ गते प्रत्यक्षतर्फको प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्यको उम्मेदवारी दर्ता हुनेछ। आयोगले निर्वाचन कार्यतालिका समेत सार्वजनिक गरिसकेको छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार