‘काठमाडौंको फोहोर व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था आउँछ’

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) की सांसद निरादेवी जैरुले काठमाडौंको फोहोर चार दिन व्यवस्थापन गर्न नसके बस्न नसक्ने अवस्था समेत आउने बताएका छन् ।

आज मंगलबार प्रतिनिधि सभाको बैठकमा समयमा माग गरेर बोल्दै सांसद जैरुले यस्तो बताएका हुन् । उनले काठमाडौंको फोहोर व्यवस्थापनको लागि काठमाडौं महानगरका मेयर मात्रै नभएर संघीय सरकारको सम्बन्धित मन्त्रालयले त्यसको व्यवस्थापन गर्नुपर्ने बताए । उनले फोहोर व्यवस्थापनको कार्य यथाशीघ्र गर्नुपर्ने बताए ।

उनले भनिन्, ‘काठमाडौंको फोहोर काठमाडौंका मेयरलाई जिम्मा लगाएर हुन्छ रु संघको सम्बन्धित मन्त्रालय यथाशीघ्र बसेर यसलाई निवारण दिएन भने अहिले पानी परिरहेको छ । चार दिन घाम लाग्यो भने बस्न सक्ने अवस्था छैन् । काठमाडौंको फोहोर र कोरोना भन्दा ठूलो कुरा संविधानको धारा ४० लाई कानून बनाएर लाने भन्दा भन्दै पनि राज्यका तहमा बसेका जिल्ला प्रशासन अधिकृतहरुले नागरिकतामा कुकुर र कुकुर्नी कमिनी राखेर नागरिकता वितरण गर्नुभएको छ । त्यो टोली बनाएर वितरण गरेको जस्तो लाग्छ । स्थानीय तहमा समन्वय नगरेर त्यस्ता प्रशासकीय अधिकृतहरुलाई निलम्वन गर्न माग गर्दछु ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार