निर्वाचनमा बिचार मिल्नेहरूसँग तालमेल हुनसक्छ : नेम्वाङ

पाँचथर । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का संसदीय दलका उपनेता एवं पूर्वसभामुख सुवासचन्द्र नेम्वाङले आगामी मंसिर ४ गते प्रदेश र संघीय निर्वाचनमा बिचार नमिल्ने दल वा समूहसँग गठबन्धन र तालमेल नगर्ने बताएका छन् ।

पाँचथरको फिदिममा आज मंगलबार प्रेस चौतारी पाँचथरले गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता नेम्वाङले यस्तो बताएका हुन् । एमालेले राप्रपा वा अन्य साना दलसँग मिलेर सत्तारुढ गठबन्धनसँग चुनाव लड्ने चर्चा चलेपनि त्यसका लागि गृहकार्य र वार्ता सुरू नभएको उनले प्रष्ट पारे।

नेम्वाङले वर्तमान सरकारले नागरिकको पक्षमा काम गर्न नसकेको आरोप लगाए । उनले दूषित गठबन्धन सरकारले सत्ता जोगाउने काम बाहेक अरु केही पनि काम गर्न नसकेको बताए ।

सरकारका कमजोरीसँगै एमाले नेतृत्वको सरकारका पालामा भए गरेका राम्रा कामलाई एजेण्डा बनाएर जनतामाझ जाने उनको भनाई थियो ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार