बञ्चरेडाँडामा फोहोर फाल्न अवरोध, स्थानीयले गरे गाडी तोडफोड
'बाटो बनाउन माग, वेवास्ता गरे आन्दोलन चर्काउने चेतावनी'
काठमाडौं । सिसिडोल र बञ्चरेडाँडाका स्थानीयले फोहोर व्यवस्थापनमा फेरि पनि अवरोध गरेका छन् । उनीहरुले काठमाडौँ महानगरले आफूहरुको माग वेवास्ता गरेको भन्दै फाहोर बोकेर गएका गाडीहरुमाथि तोडफोड समेत गरेका हुन् ।
उनीहरूले महानगरको फोहोर बोकेको १४ वटा टिपर र सडक निर्माणमा प्रयोग गरिएका ३ वटा डोजरमा टोडफोड गरेका छन् ।
यसअघि मानवबस्तीलाई फोहोरमैलाबाट अलग गर्ने सहमति कार्यान्वयन नगरिएको भन्दै बञ्चरेडाँडा ल्यान्डफिल साइट प्रभावित क्षेत्र सरोकार समितिले भदौ १ बाट फोहोर फ्याक्न नदिने चेतावनी दिएको थियो ।
सरकार र महानगरले फोहोरमैलाको बलिवेदीमा चढाएर लाखौं स्थानीय जनताको नरसंहार गर्ने काम गरिरहेको उनीहरुको आरोप छ ।
सडक मर्मतलगायतका माग राख्दै धुनीबेँसी गाउँपालिका–१ का बासिन्दाले केही दिनयता फोहोर लैजान रोकेका थिए ।