धौलागिरी लघुवित्तको आइपीओ खुल्यो

काठमाडौं । धौलागिरी लघुवित्तले आज मंगलबारदेखि सर्वसाधारणका लागि आइपीओ बिक्री खुला गरेको छ ।

कम्पनीले ३ करोड ३१ लाख रुपैयाँ बराबरको आइपीओ बिक्री खुला गरेको हो । यसअनुसार यसले प्रतिकित्ता १०० अंकित मूल्यका दरले ३ लाख ३१ हजार कित्ता साधारण सेयर निष्कासन गरेको हो । यो मध्ये १६ हजार ५५० कित्ता सामुहीक लगानी कोष र ५ हजार १५५ कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।

बाँकी ३ लाख ९ हजार २९५ कित्ताका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् । यसमा साउन २९ गतेसम्म आवेदन दिन सकिनेछ । सो अवधिमा सबै सेयर बिक्री नभएमा भदौ ७ गतेसम्म आवेदन दिन सक्ने कम्पनीले जनाएको छ । लगानीकर्ताले यसमा न्यूनतम १० कित्तादेखि अधिकतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार