भारतका मनोज प्रभाकर नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा नियुक्त

काठमाडौँ– नेपाली राष्ट्रिय क्रिकेट टिमको मुख्य प्रशिक्षकमा भारतका पूर्व क्रिकेटर मनोज प्रभाकर नियुक्त भएका छन् । नेपाल क्रिकेट संघ (क्यान)ले आज प्रभाकरलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जानकारी दिएको हो।

क्यानले सामाजिक सञ्जाल फेसबुकमा प्रभाकरलाई मुख्य प्रशिक्षकमा नियुक्त गरिएको उल्लेख गरेको छ। भारतका पूर्व स्टार अलराउन्डर तथा रणजी ट्रफी विजेता प्रभाकरले भारतका लागि ३९ टेस्ट र १३० एकदिवसीय अन्तरराष्ट्रिय खेल खेलेका छन्।

उनी अफगानिस्तान क्रिकेट टोलीको प्रशिक्षक भइसकेका छन्। भारतमा पनि उनले दिल्ली, राजस्थान र उत्तर प्रदेश क्रिकेट संघका रणजी ट्रफी खेल्ने टोलीहरूलाई प्रशिक्षण गरेको अनुभव बटुलेका छन्।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार