देउवा नेतृत्वको सरकार कामचालउ भइसक्यो : रवि लामिछाने

काभ्रे । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले निर्वाचन घोषणापछि ४० करोड रुपैयाँ खान खोजिएको आरोप लगाएका छन् ।

निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा वर्तमान शेरबहादुर देउवा नेतृत्वको सरकार कामचलाउ भइसकेको तथा प्रदेश र प्रतिनिधिसभाका सांसदलाई तीन महिना तलब तथा भत्ता दिएर ४० करोड रुपैयाँ व्यर्थ खर्च गर्न खोजिएको आरोप लगाए ।

राष्ट्रिय स्वतन्त्र पार्टीको काभ्रेपलाञ्चोक जिल्ला भेलालाई बनेपामा सम्बोधन गर्दै लामिछानेले आगामी तीन महिनामा प्रदेशसभा र प्रतिनिधिसभाका सांसदले निर्वाचन प्रचारबाहेकको केही पनि काम नगर्ने भएकाले तलव भत्ता लिन नहुने बताए ।

तीन महिनामा ८ सय २५ सांसदले पाउने तलबभत्ताले देशका कयौं स्थानमा बर्थिङ सेन्टर र दुर्गममा अस्पताल बनाउन सकिने लामिछानेले बताए। निर्वाचन घोषणापछि पनि ४० करोड भन्दा बढी रकम किन पचाउन खोजिँदैछ भनेर प्रश्नसमेत गरे । आफूहरूले देशको ढुकुटीका कहिल्यै र्याल नचु्हाउने उनको भनाइ छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार