माछा पालनबाट वार्षिक ४० लाख आम्दानी

काठमाडौं । सुनसरी बराह क्षेत्र नगरपालिकाका किसानले माछा उत्पादन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

सो नगरपालिका–१० निवासी भीष्म अधिकारीले त्यस क्षेत्रमा माछा उत्पादन गरेर नै आफ्ना पहिचान बताए । अधिकारीले अहिले १५ बिघामा २९ पोखरी बताए ।

मेहेनती अधिकारी पाँच वर्षदेखि यो पेशामा आवद्ध छन् । एउटा पोखरीको माछा उत्पादनबाट आम्दानी हेरेर संख्या बढाएको उनले बताए । उनले गएको वर्ष ४० लाख रुपैयाँको माछा बिक्री गरे । अभियानमुखी बहुउद्देश्यीय कृषि फार्मबाट उनले माछाका दाना उत्पादन गर्ने कारखाना स्थापना गरेका छन्।

दाना उद्योगबाट वर्षेनी ४० टन दाना उत्पादन भइरहेको र प्रतिकेजी रु। ५६ सम्म बिक्री भइरहेको बताइएको छ । पानीमा तैरने र नतैरने दुई किसिमको दाना उत्पादन गर्न अधिकारीले स्थानीयस्तरमा उत्पादन हुने मकै, धान खरिद गरी किसानलाई प्रोत्साहन गरेका छन् ।

किसानले उत्पादन गर्ने धान, मकै, पीना, भटमास, तोरी र दालको भूस माछाका दाना बनाउन खरिद गर्ने गरेको बताइएको छ । सात जनाले नियमित रोजगारी पाएको सो फार्मको विकास र उन्नतिका लागि प्रदेश नं १ सरकारले ३० लाख रुपैयाँ अनुदान दिएको अधिकारीले जानकारी दिए । प्राप्त अनुदानबाट ७५ लाखमा एक ठूलो गोदाम घर निर्माण भएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार