मलेसियाले दुई हप्तासम्म नयाँ कामदारको आवेदन नलिने

'आवेदन प्रमाणीकरण भइसेकेका कामदारहरू भने जान पाउने'

काठमाडौँ– मलेसियाले दुई हप्ताका लागि रोजगारदाता कम्पनीको आवेदन (मागपत्र) नलिने भएको छ । मलेसियाको मानव संसाधन मन्त्रालयका अनुसार अगस्ट १५ देखि ३१ तारिखसम्म रोजगारदाताको मागपत्र प्रमाणीकरण गर्न अस्थायी रोक लगाइएको हो ।

मागपत्र प्रमाणीकरण भई आइसकेको कामदार भने सहज रूपमा जान पाउनेछन् ।मलेसियाले आउँदो सेप्टेम्बर १ देखि संशोधित रोजगार ऐन–१९५५ लाई कार्यान्वयनमा ल्याउने तयारी गरेकोले कम्पनीको मागपत्र स्वीकृतिमा रोक लगाइएको हो । संशोधित रोजगार ऐनमा सुधार गरिएको प्रावधानहरू भने विज्ञप्तिमा उल्लेख छैन ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार