काठमाडौँ– नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जापानको प्रविधि आफुहरुले सिक्न चाहेको बताएका छन् । जापान भ्रमणमा रहेका अध्यक्ष प्रचण्डले सोमबार जापानको सरकारी कृषि बिजनेस सपोर्ट डिभिजनको कुरोउसु अर्किड लिमिटेडको अवलोकन गर्दै नेपालमा कृषिको आधुनिकीकरणका लागि जापानिज प्रविधिको अनुसरण गर्न चाहेको बताएका हुन् ।
‘उनले भने, ‘हाम्रो पुरानो मित्रलाई थाहा छ, नेपाल कृषि प्रधान मुलुक हो । हामी कृषिको आधुनिकीकरण, व्यवसायीकरण र कृषिमा आधारित उद्योगहरुको प्रवर्द्धन र विकास गर्दै नेपाली अर्थतन्त्रको विकास गर्न चाहन्छौ । त्यसका लागि जापानको आधुनिक प्रविधिको अनुसरण गर्न हामीले चाहेका छौं ।’
अध्यक्ष प्रचण्डलाई नेपालका लागि जापानी पूर्वराजदूत तथा जापानिज एग्रिकल्चर सोसाइटीका भ्वाइस प्रेसिडेन्ट मासामिची साइगोर साइटा प्रिफेक्च्युअलका प्रतिनिधिहरुले स्वागत गरेका थिए ।