काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद भुवनबहादुर सुनारले दलित समुदायका व्यक्तिहरुको नागरिकतामा अपमानपूर्वक राखिएको नामहरु सच्याउन माग गरेका छन् ।
सोमबारको राष्ट्रिय सभा बैठकमा विशेष समयमा बोल्दै सांसद सुनारले दलित समुदायका व्यक्तिहरुलाई नागरिकता लिदाँ अपमानपूर्वक नाम राखिएको भन्दै आपत्ति जनाए । उनले दूरदराजका दलित समुदायका व्यक्तिहरुको नाम तत्कालिन प्रशासनले विगारिदिएको भन्दै उनिहरुको नाम सच्याउन गृहमन्त्रीसँग माग गरे।
सांसद सुनारले यस्तो त्रुटीहरुको खोजी गर्न राष्ट्रिय दलित आयोग र दलित अभियन्ताहरुलाई पनि आग्रह गरे । उनले नागरिकतामा गलत नाम लेखिदिएर दलित समुदायको स्वाभिमान माथि अपमान भएको बताए ।