सेयर बजारमा सुधार, दोहोरो अंकले बढ्यो नेप्से

काठमाडौँ– सेयर बजारमा दोहोरो अंकको करेक्सन आएको छ। कारोबारको दोस्रो दिन सोमबार नेप्से १७.६७ अंकले घटेर २१०६.१६ विन्दुमा झरेको छ। सेन्सेटिभ इण्डेक्स ३.४१ अंकले घटेर ४०६.१४ विन्दुमा पुगेको छ।

बजारमा दोहोरो अंकको करेक्सन आएपनि आइतबारको तुलनामा भने कारोबार रकम भने बढेको छ। यसदिन २१४ कम्पनीको ६५ लाख २७ हजार ४१४ कित्ता सेयर २ अर्ब ८५ करोड ७० लाख ७२ हजार ९६१ रुपैयाँमा कारोबार भयो।

आइतबार २ अर्ब ६७ करोड बराबरको सेयर कारोबार भएको थियो।

यसदिन दुई कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ। गुराँस लघुवित्त वित्तीय संस्था र हिमालयन हाइड्रो पावरको सेयर मूल्य १० प्रतिशतले बढेको हो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार