प्रि– सिजन टुर : बार्सिलोनाको फाराकिलो जित

काठमाडौं । प्रि– सिजन अन्तर्गतको मैत्रीपूर्ण खेलमा बार्सिलोनाले फराकिलो जित निकालेको छ ।

आइतबार राति भएको खेलमा बार्सिलोनाले पुमास यूएनएएलाई ६–० गोल अन्तरले हराएको हो ।

बार्सिलोनालाई जित दिलाउन पेड्रीले दुई गोल गरे ।रोबर्ट लेवान्डोस्की, ओसुमाने डेम्बेले, पिएरे अबुमियाङ र फ्रान्की डी योङले एक एक गोल गरे ।यस जितसँगै बार्सिलोनले जोन गाम्पर ट्रफी हात पारेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार