भारत भ्रमणबाट फर्किएपछि निधिको प्रस्ताव : लोसपालाई पनि गठबन्धनमा ल्याउनुपर्छ

काठमाडौँ– नेपाली काँग्रेसका नेता विमलेन्द्र निधिले लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपाललाई पनि गठबन्धनमा ल्याउनुपर्ने प्रस्ताव गरेका छन् ।

पाँच दलीय गठबन्धनका साथै सरकारमा जानका लागि पनि लोसपा ​तयार रहेको छ । तर गठबन्धनमा रहेका दलहरूको बीचमा कुरा नमिलेको कारण त्यो सफल हुन सकिरहेको छैन ।

हालै भारत भ्रमणबाट फर्केका निधिले काँग्रेस पार्टीको आज बसेको शीर्ष नेताहरूको बैठकमा सो प्रस्ताव राखेका हुन् । हिजो मात्रै लोसपाका अध्यक्ष महन्थ ठाकुरसहितका शीर्ष नेताले प्रधानमन्त्री शेरबहादुर देउवासँग बालुवाटारमा छलफल गरेका थिए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार