मन्त्री हुँदा याेजनाअनुसार काम गर्न नपाएकाे झाँक्रीकाे गुनासाे

'अन्तिमसम्म काम गर्न पाएको भए ८० प्रतिशतसम्म सक्ने दाबी'

काठमाडौँ– निवर्तमान शहरी विकास मन्त्री रामकुमारी झाँक्रीले आफुले बनाएको योजनाअनुसार काम गर्न नपाएको बताएकी छिन् । आज पत्रकार सम्मेलनको आयोजना गर्दै झाँक्रीले गत आर्थिक वर्ष २०७८/७९ को अन्तिमसम्म काम गर्न पाएको भए मन्त्रालयको ८० प्रतिशतसम्म काम सक्ने दाबी गरिन् ।

८ महिना २० दिन मन्त्रालय बसेकी झाँक्रीले सम्हालेको मन्त्रालयको कार्यप्रगति गत आर्थिक वर्षमा ७० प्रतिशतभन्दा धेरै देखिएको छ । तर, यो कार्य प्रगतिलाई आर्थिक वर्षको अन्तिमसम्म राम्रोसँग काम गर्न पाएको भए ८० प्रतिशतभन्दा माथि पुर्याउने गरी काम गर्ने योजना बनाएको उनले दाबी गरिन् ।

उनले भनिन्,‘सहरी विकास मन्त्रालयमा धेरै ठूला आयोजना छैनन् । ४५ देखि ५० लाख रुपैयाँका आयोजना छन् । यसमा ढल, खोला, नाला आदिलाई व्यवस्थित गर्ने आयोजना छन् । ठूला आयोजना भनेको भवन निर्माण लगायतका काम हुन्छन् । भ्यूटावर लगायतका ठूलो आयोजनामा पर्छन् । यस्तै, क्षेत्रीय र शहरी विकास र शहरी करिडोर लगायतका ठूला आयोजना हुन् । तर, यी आयोजनाहरू कहिल्यै समयमा सकिँदैनन् ।’

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार