चार वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते

काठमाडौं– हेटौंडामा स्कुल बससहित ४ वटा सवारी साधन एक-आपसमा ठोक्किदा एक दर्जन बढी घाइते भएका छन् ।

दुर्घटनामा घाइते भएका मध्ये केही स्थानीय रिलायन्स स्कुलका विद्यार्थी रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । आज सोमबार बाराबाट हेटौंडा आउँदै गरेको ट्यांकरले हेटौंडा–१५ रातोमाटमेमा ट्रक, कार र स्कुल बसलाई ठक्कर दिदा दुर्घटना भएको प्रहरीले बताएको छ ।

दुर्घटनामा घाइते भएकालाई उद्धार गरी अस्पताल लगिएको प्रहरीले जनाएको छ । घटनामा मानवीय क्षति भने भएको छैन् ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार