आज कतिमा कारोबार हुँदैछ सुनचाँदी ?

काठमाडौँ– साताको कारोबारको दोस्रो दिन सोमबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसारआज छापावाल सुनको मूल्य प्रतितोला ९६ हजार ३ सय रुपियाँमा र तेजाबी सुन प्रतितोला ९५ हजार ८ सय रुपियाँमा कारोबार भइरहेको छ। हिजो पनि सोही मूल्यमा सुनचाँदीको कारोबार भएको थियो।

यस्तै महासंघले सोमबार चाँदीको मूल्य प्रतितोला १२ सय ५ रुपियाँ तोकेको छ। हिजो पनि चाँदी यहीं मूल्यमा कारोबार भएको थियो।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार