दुईटा मोटरसाइकल ठोकिँदा एक जनाको मृत्यु

सप्तरीः रूपनी गाउँपालिका– २ पिप्राही चोकमा आइतबार बेलुकी दुई वटा मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु भएको छ।

रूपनीबाट राजविराजतर्फ जाँदै गरेको बा८५प ६१९६ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको स२प ८१६७ नम्बरको मोटरसाइकल हिजो बेलुकी ७ बजे ठोकिएर दुर्घटना भएको थियो ।

दुर्घटनामा गम्भीर घाइते भएका ८१६७ नम्बरको मोटरसाइकलका चालक सप्तरीकै शम्भूनाथ नगरपालिका– ३ का २५ वर्षीय बिकी चौधरीको उपचारका क्रममा राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा मृत्यु भएको हो।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार