यस्तो छ आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकका अनुसार आज सोमबार अमेरिकी डलर एकको खरिदमूल्य १२६ रुपैयाँ ४८ पैसा र बिक्रीमूल्य १२७ रुपैयाँ ०८ पैसा रहेको छ।

त्यस्तै, युरोपियन युरो एकको खरिदमा १२८ रुपैयाँ ७९ पैसा र बिक्रीदर १२९ रुपैयाँ ४१ पैसा छ भने अष्ट्रेलियन डलर एकको खरिदमा ८७ रुपैयाँ ४० पैसा र बिक्रीमा ८७ रुपैयाँ ८१ पैसा छ । त्यस्तै, सिंगापुर डलर एकको खरिद मुल्य ९१ रुपैयाँ ५६ पैसा र बिक्रीमूल्य ९१ रुपैयाँ ९९ पैसा छ ।

जापानिज येन १० को खरिद दर ९ रुपैयाँ ३७ पैसा र बिक्री दर ९ रुपैयाँ ४१ पैसा छ भने चाइनिज युआन एकको खरिद दर १८ रुपैयाँ ७० पैसा र बिक्री दर १८ रुपैयाँ ७९ पैसा तोकिएको छ । त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिद दर ३३ रुपैयाँ ६६ पैसा र बिक्री दर ३३ रुपैयाँ ८२ पैसा छ । कतारी रियाल एकको खरिद मूल्य ३४ रुपैयाँ ५० पैसा र बिक्रीमूल्य ३४ रुपैयाँ ६० पैसा रहेको छ भने युएई दिरहम एकको खरिद दर ३४ रुपैयाँ ४४ पैसा र बिक्री दर ३४ रुपैयाँ ६० पैसा रहेको छ ।

यसैगरी मलेसियन रिंग्गेट एकको खरिददर २८ रुपैयाँ ३८ पैसा र बिक्रीदर २८ रुपैयाँ ५२ पैसा छ भने कोरियन वन १०० को खदिरमा ९ रुपैयाँ ७० पैसा र बिक्री दर ९ रुपैयाँ ७५ पैसा, हङ्कङ डलर एकको खरिदमा १६ रुपैयाँ ११ पैसा र बिक्री दर १६ रुपैयाँ १९ पैसा, कुवेती दिनार एकको खरिद दर ४१२ रुपैयाँ २६ पैसा र बिक्री दर ४१४ रुपैयाँ २१ पैसा र बहराइन दिनार एकको खरिद मूल्य ३३५ रुपैयाँ ४९ पैसा र बिक्री मूल्य ३३७ रुपैयाँ ०८ पैसा तोकिएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार