रेस्लिङको उदाहरण दिँदै ओलीले भने– ‘गठबन्धनलाई उत्तानो पारेर पछार्ने हो’

काठमाडौँ– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एमाले पहिलो पार्टी हुने बताएका छन् । भूतपूर्व सैनिक तथा प्रहरी संगठन नेपालको केन्द्रीय समिति बैठकलाई आइतवार ललितपुरमा सम्बोधन गर्दै ओलीले चुनावमा गठबन्धनलाई हराउने दाबी गरेका हुन् ।

उनले पाँच दलीय गठबन्धनलाई उत्तानो पारेर पछार्ने दाबी गरे । कति दलभन्दा पनि कति मत भन्ने कुराले चुनावमा अर्थ राख्ने उनको भनाइ थियो ।

रेस्लिङ खेलको उदाहरण दिँदै ओलीले अगाडि भने, ‘चाहिएको बेला उत्तानो पारेर पछार्ने हो र निर्वाचन आयोगलाई भन्ने हो– ढ्याप, ढ्याप, ढ्याप पार भनेर ।’
लडाइँ जित्नको लागि तरिका र तयारी चाहिने उनको भनाई छ । ओलीले आफूहरू जिततर्फ अगाडि बढ्ने बताए ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार