सेयर बजारमा सुधार, काराेबार रकम भने दुई अर्बमा सीमित

काठमाडौँ– आज नेपाल स्टक एक्सचेञ्ज परिसूचक १०.२७ अंकले बढेको छ । घटेर कारोबार सुरू भएपनि १ बजेदेखि बढ्न थालेको नेप्से दोहोरो अंकले बढेर बन्द भएको हो ।

सेयर बजार ०.४९ प्रतिशतले बढेपछि नेप्से परिसूचक २१ सय २३ अंकमा पुगेको छ । यसक्रममा आज ६१ लाख ६ हजार ५२१ कित्ता सेयर किनबेच भइ २ अर्ब ६७ करोड ३३ लाख ३८ हजार रुपैयाँको किनबेच भएको छ । नेप्से १० अंकले बढ्दा आज जीवन बीमा समूहबाहेक सबै समूह बढेका छन् । यो समूहमा भने आज ४.५५ अंकको गिरावट आएको छ ।

आज होटल र टुरिजम समूहमा ६० अंकको वृद्धि आएको छ । यस्तै, विकास बैंक समूह ५२ अंकले बढ्दा व्यापार समूह ३८ अंकले बढेको छ । यसैगरी, वित्त समूह ३३ अंकले बढ्दा जलविद्युत २६ अंकले बढेको छ भने लघुवित्त समूहमा २७ अंक बढेको छ । यस्तै, अन्य समूह २२ अंक बढेको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार