काँडाघारीबाट ७ जना जुवाडे पक्राउ

काठमाडौँ– काठमाडौंबाट प्रहरीले ७ जना जुवाडेलाई पक्राउ गरेको छ । कागेश्वरी मनोहरा नगरपालिका–९ दीर्घायु टोलस्थित मेखराज बस्नेतको घरमा छापा मारेर जुवाडेहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

पक्राउ पर्नेमा युवराज बस्नेतसहित ७ जना छन् । प्रहरीले जुवा खालबाट १ लाख ६४ हजार ३ सय ४४ रुपैयाँ नगद बरामद गरेको छ ।

प्रहरी प्रभाग काँडाघारीबाट खटिएको प्रहरीले १४ बुक तास र २ हजार भारतीय रूपैयाँ पनि बरामद गरेको छ । आरोपीहरुलाई प्रहरी वृत बानेश्वरले म्याद लिएर अनुसन्धान गरिरहेको छ ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार