सत्ता गठबन्धन संविधान विपरीत : भीम रावल

काठमाडौं- नेकपा (एमाले) का नेता तथा प्रतिनिधिसभा सदस्य डा. भीम रावलले विपरीत सिद्धान्त हुँदाहुँदै गठबन्धनका दलहरुले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरित भएको दाबी गरेका छन्।

शुक्रबार काठमाडौंमा आयोजित एक अन्तरक्रियामा बोल्दै नेता रावलले गठबन्धनले आगामी निर्वाचनमा तालमेल गर्नु संविधानविपरीत हुने बताएका हुन्।उनले जनताको मत निश्चित विचारधारा, दर्शन र कार्यक्रमका आधारमा लिने संवैधानिक व्यवस्था भएकोले विपरीत सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्नु गलत भएको बताए।

उनले भने, ‘पाँचदलीय गठबन्धनका बैठकहरु हेर्दा ती राजनीतिक दलहरुले विपरित सिद्धान्त हुँदाहुँदै पनि तालमेल गर्ने कुरा अगाडी सारेको हामीले पाएका छौँ। यसरी आम निर्वाचनमा विपरित सिद्धान्त भएका राजनीतिक दलहरुले तालमेल गर्ने कुरा यो नेपालको संविधानको धारा २६९ को विरुद्धमा छ। यसले सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन राजनीतितर्फ देशलाई धकेल्छ।

नेता रावलले यस प्रकारको गठबन्धनले देशको राजनीतिलाई सिद्धान्तहीन, आदर्शहीन र गन्तव्यहीन दिशातर्फ धकेल्ने बताए। आगामी निर्वाचनमा सबै राजनीतिक दलहरुले आ–आफ्नो सिद्धान्त र नीतिमा अगाडि बढेर आफ्नो घोषणापत्रका आधारमा मत माग्नुपर्ने उनको भनाइ छ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार