काँग्रेस सांसद भन्छन्– महाअभियोग अगाडि नबढ्नुमा एमाले मुख्य दोषी

'अनुकुल समयमा अगाडि बढाइएकाे दाबी'

काठमाडौं । नेपाली कांग्रेसले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबरामाथिको महाअभियोग समयमै अगाडि बढ्न नसक्नुमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले दोषी भएको आरोप लगाएको छ ।

प्रतिनिधिसभामा महाअभियोगमाथि आइतबार सुरु भएको छलफलमा भाग लिँदै एमाले सांसदहरुले समयमै किन अगाडि नबढाएको, करिब ६ महिना के हेरेर बसेको भनी सत्ता पक्षलाई प्रश्न गरेका थिए । जवाफमा कांग्रेस संसदीय दलका सचेतक मीन विश्वकर्माले प्रश्न एमालेतिरै फर्काए ।

उनले भने, ‘विलम्ब भयो । यसको कारण हो– संसदले ९ महिनासम्म अवरोध झेल्नु ।’ संसदको अवरोध खुलेपछि संसदको ध्यान बजेटमा केन्द्रित भएको उल्लेख गर्दै अनुकुल समयमा महाअभियोग अगाडि बढेको दाबी गरे । ‘सिफारिस समिति बनेको छ । फेरि पनि सिफारिस समितिमा छलफल हुन्छ । विकृति, विसंगतिको चाङमा उभिएका चोलेन्द्रविरुद्धको महाअभियोग पारित गरिनुपर्छ’ विश्वकर्माले भने ।

कांग्रेस सांसदहरुले एमालेलाई विगतमा सर्वोच्च अदालतमा आन्दोलन भइरहँदा सबै पक्ष एकै ठाउँमा रहेको पनि स्मरण गर्न आग्रह गरेका छन् ।

सम्बन्धित समाचार