गाजा क्षेत्रमा इजरायल र इरानबीचको तनाव बढ्दै

काठमाडौँ–इरानको इस्लामिक रेभोलुसनरी गार्ड कर्प्स (आईआरजीसी)का प्रमुखले प्यालेस्टाइन इजरायलविरुद्धको संघर्षमा एक्लै नभएको बताएका छन् । इजरायलले लगातार दोस्रो दिन प्यालेस्टाइनमा हवाई हमला जारी राखेपछि आईआरजीसीका मेजर जनरल होसेन सालामीले सो कुरा बताएका हुन् ।

‘प्यालेस्टाइन र प्यालेस्टिनी जनताले थाहा पाउन् कि उनीहरु एक्लै छैनन् । हामी यो बाटोमा अन्तिमसम्म तपाईंहरुसँगै छौँ,’ तेहरानमा इस्लामिक जिहाद ग्रुपका नेता जियाद अल–नखालासँगको भेटमा सालामीले भने । पछिल्लो अपराधका लागि इजरायलले ठूलो मूल्य चुकाउनुपर्ने उनले चेतावनीसमेत दिए ।

इजरायलले शुक्रबार सम्भावित हमलालाई रोक्न इस्लामिक जिहादविरुद्ध सैन्य कारबाही गरेको जानकारी दिएको थियो । सो दिन गरिएको कारबाहीमा समूहका एक शीर्ष नेता पनि मारिएका थिए । इजलायलको सैन्य कारबाहीमा ५ वर्षीया बालिकासहित एक दर्जन बढी मानिसको मृत्यु भइसकेको छ भने १ सयभन्दा बढी घाइते रहेका छन् ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार