काठमाडौं । निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावको बारेमा प्रतिनिधिसभा बैठकमा छलफल सुरु भएको छ ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूले दर्ता गराएको महाअभियोग प्रस्तवमाथि आइतबारको बैठकमा छलफल सुरु भएको हो ।
सत्ता गठबन्धनमा आबद्ध दलहरूका ९९ सांसदले गएको फागुन २९ गते जबराविरूद्ध महाअभियोग प्रस्ताव दर्ता गराएका थिए । दर्ता गराएको करिब पाँच महिनापछि प्रस्तावमाथि छलफल सुरु भएको हो ।