भिरमा अड्केका युवकको सशस्त्र प्रहरीद्वारा उद्दार

काठमाडौँ– सशस्त्र प्रहरीले लडेर घाइते भएका एक जना युवाको उद्धार गरेको छ । सिन्धुपाल्चोक जिल्लाको मेलम्ची नगरपालिका–११ सिमखेतस्थित भिरमा अड्किएका युवकको उद्दार गरेको हो ।

हेलम्बु गाँउपालिका–१ तिम्बु बस्ने ३५ वर्षीय छिरिङ शेर्पा शनिवार बाटो हिँड्दा चिप्लिएर लडेर भिरमा अड्किएका थिए । गोरेटोबाट चिप्लिएर ५० मिटर तल मेलम्ची खोलामाथिको भिरमा अड्किएका शेर्पाको उद्दार गरिएको सशस्त्र प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

उद्दारमा सशस्त्र प्रहरी बल नेपाल खानेपानी आयोजना सुरक्षा बेस मेलम्ची र इलाका प्रहरी कार्यालय मेलम्चीको टोली सहभागी रहेको थियो ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार