अनसन बस्न भन्दै सर्वोच्च अगाडि पुगेकी निहारि प्रहरी नियन्त्रणमा

काठमाडौँ– आफू बलात्कृत भएको र प्रशासनले कानूनी लडाइँमा सहयोग नगरेको गुनासोसहित प्रदर्शनरत २० वर्षकी निहारिका राजपुतलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रहरी वृत्त सिंहदबारको टोलीले आइतबार बिहान सर्वोच्च अदालत परिसरबाट उनलाई पक्राउ गरेको हो ।

अनसन बस्न भन्दै सर्वोच्च अदालत अगाडि पुगेपछि उनलाई प्रहरीले पक्राउ गरेको हो। न्यायको माग गर्दै राजपुत विगत तीन दिनदेखि अनसन बस्दै आएकी छन्।

आफूलाई एक व्यक्तिले बलात्कार गरेको त्यसपछि बच्चाको जन्म भएको निहारिकाले दाबी गर्दै आएकी छन्। जिल्ला अदालतले दोषीलाई सफाई दिएपछि उनी आन्दोलन गर्दै आएकी छन्। उनले आरोपी र बच्चाको डीएनए जाँच गर्नुपर्ने भन्दै माग गरेकी छन्।

निषेधित क्षेत्र तोडेकाले उनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार