ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

काठमाडौँ– सुर्खेत प्रहरीले आइतबार बिहान ८ बजे ज्यान मार्ने उद्योग मुद्दामा फरार एक जना प्रतिवादीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा वीरेन्द्रनगर नगरपालिका– २ बस्ने बर्ष २४ का वविन शाही रहेका छन् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सुरज कार्कीका अनुसार उनलाई प्रहरीले उनकै घरबाट पक्राउ गरेको हो । उनलाई पक्राउ गर्नका लागि प्रहरी सादा पोसाकमा खटिएको थियो । अहिले उनीबारे जिल्ला प्रहरी कार्यालयमा थप अनुसन्धान भइरहेको उनले बताए ।

 

फेसबुकबाट प्रतिक्रिया
सम्बन्धित समाचार